
काठमाडौं। रसुवाको भोटेकोशी बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको छ। मंगलबार नुवाकोटको विदुर नगरपालिका-१० र ११ मा समेत विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ।
विद्युत् सेवा पुग्न नसकेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार प्रणाली वितरणको काम पनि भइरहेको मन्त्रालयले जनाएको छ।
