Nepal Purbadhar

जीवितै उद्धार गरिएकी चन्डिकाको परिवारले काजकिरिया सुरू गरेको थियो: पिडितका सम्धी


काठमाडौँ। नुवाकोटको बेत्रावतीमा बाढीले घरसहित बगाएको ११ दिनपछि जीवितै उद्धार गरिएकी चन्डिका श्रेष्ठको परिवारले उनको काजकिरिया सुरू गरिसकेको खुलेको छ।

चन्डिकाका सम्धी रमेशमान श्रेष्ठले छाउनी अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै परिवारले चन्डिकाको मृत्यु भएको ठानेर काजकिरिया सुरू गरिसकेको बताए।

बाढीले घरसहित बगाएपछि चन्डिका लामो समयसम्म सम्पर्कविहीन थिइन्। शनिबार बाढीले बगाएर करिब ५० मिटर पर पुर्‍याएको घरको संरचनाबाट उनको जीवितै उद्धार गरिएको हो।

स्थानीयले घरभित्रबाट मानिसको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उद्धार टोलीले घरको भग्नावशेषबाट चन्डिकालाई जीवितै बाहिर निकालेको थियो।

उद्धारपछि चन्डिकालाई उपचारका लागि काठमाडौँको छाउनी अस्पताल ल्याइएको छ। उनका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।


Read Previous

चिलिमेको सुरुङमा उद्धार प्रयास जारी, १०० मिटर भाग सफा अझै १५० मिटर बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar