Nepal Purbadhar

बजारमा ग्यासको अभाव, लाइनमा उपभोक्ता (तस्बिर)


काठमाडौं । देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ ।

उपभोक्ताहरु ग्यास सप्लायर्सकहाँ लाइन लाग्न थालेका छन् । एक सिलिन्डर ग्याउ पाउन हप्ता दिनसम्म कुर्नपर्ने बाध्यता उपभोक्ताले भोग्नुपरेको छ ।

निगमले फागुन अन्तिमदेखि आधा सिलिन्डर ग्यास वितरण गरिरहेको थियो । असार अन्तिमदेखि भरी सिलिन्डर वितरण हुँदा उपभोक्ताबाट माग बढी हुन थाल्यो । मुख्यतः यही कारण साउन पहिलो हप्तादेखि बजारमा ग्यास पाउन मुस्किल परेको छ ।

बजारमा उपभोक्ताले ग्यास नपाइरहँदा नेपाल आयल निगमले भने कुनै अभाव नरहेको दाबी गर्दै आएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासमा सेवाग्राहीको लाइन लामो देखिन्छ । तस्बिरमा हेर्नुहोस् :

तस्बिरः साइराम उपरक‍ोटी/नेपाल फोटो लाइब्रेरी


Read Previous

स्युचाटार–मातातीर्थ १३२ केभी लाइनमा समस्या, काठमाडौंका विभिन्न क्षेत्रमा एक घण्टा विद्युत अवरुद्ध हुन सक्ने

Read Next

सामाजिक सद्भाव कायम राख्न इप्पानको अपिल, शान्तिपूर्ण वातावरणमा विकास अघि बढाउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar