
टेलिकमले पछिल्लो पटक डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सञ्चालनमा ल्याएको फोरजी सेवाको नेटवर्क। सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर ।
काठमाडौं। नेपालमा ब्रोडब्यान्ड तथा मोबाइल इन्टरनेट सेवामा ४जी प्रविधिको प्रयोग सबैभन्दा धेरै रहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ४जी प्रयोगकर्ता २ करोड ६९ लाख ८३ हजार ४६ पुगेका छन्। कुल प्रयोगकर्तामध्ये ४जीको हिस्सा ९२.५२ प्रतिशत रहेको छ।
फाइबर इन्टरनेट प्रयोगकर्ता १ करोड ५४ लाख ८३ हजार ४ सय ५६ छन्। यसको हिस्सा ५३.०९ प्रतिशत रहेको छ।
२जी सेवाका प्रयोगकर्ता २४ लाख २ हजार ५ सय ७६ र ३जी सेवाका प्रयोगकर्ता ७ लाख ४८ हजार ८ सय ९३ छन्। ताररहित इन्टरनेट सेवाका प्रयोगकर्ता १ लाख ३३ हजार ७ सय ३१ रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
समग्रमा नेपालमा दूरसञ्चार र इन्टरनेट सेवाको पहुँच विस्तारसँगै मोबाइल ब्रोडब्यान्ड र ४जी प्रविधि प्रमुख माध्यमका रूपमा स्थापित भएका छन्। स्थिर ब्रोडब्यान्डतर्फ भने फाइबर इन्टरनेटको विस्तारले बजारलाई थप तीव्र बनाएको देखिन्छ।
