
default
काठमाडौँ । जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र जलविद्युत् प्रवर्द्धकबीच छलफल हुने भएको छ ।
आरसीओडी थप गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र जलविद्युत् प्रवर्द्धकबीच नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा छलफल हुन लागेको हो ।
निर्माणमा विभिन्न कारणले ढिलाइ भएका जलविद्युत् आयोजनालाई व्यावसायिक उत्पादन शुरू गर्ने समयसीमा थप गर्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा केही जलविद्युत् आयोजनाको आरसीओडी थप गर्ने विषयमा निर्णयसमेत हुने जनाइएको छ ।
आरसीओडी थप हुँदा निर्माणमा ढिलाइ भएका आयोजनाका प्रवर्द्धकलाई राहत पुग्नेछ । साथै, विद्युत् खरिद सम्झौता (पीपीए) तथा आयोजनाको व्यावसायिक उत्पादनसम्बन्धी समयसीमामा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जलविद्युत् प्रवर्द्धकहरूले विभिन्न कारणले आयोजना निर्माण तथा विद्युत् उत्पादनमा ढिलाइ भएको भन्दै आरसीओडी थप गर्न माग गर्दै आएका छन् । आज हुने छलफलबाट केही जलविद्युत् कम्पनीको आरसीओडी थप गर्ने निर्णय हुने बताइएको छ ।
जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने तयारी, प्राधिकरणले चार समूहमा वर्गीकरण गर्ने
