Nepal Purbadhar

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य: सभापति गगन थापा

Gagan Thapa visiting voting center at Barathawa,Sarlahi. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सभापति थापाले उक्त व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले शुरूदेखि नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताएका छन्।

‘निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्, धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो,’ उनले भनेका छन्।

निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार रहेको भन्दै थापाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णय कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।


Read Previous

एकान्तकुनामा वर्षेनि भासिने सडकको दीर्घकालीन समाधान खोजिँदै, यसरी हुँदैछ काम- तस्बीरहरू

Read Next

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, १ करोड ७१ लाख रुपैयाँ बिगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar