
काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा एभरेस्ट टुरिजम अवार्ड २०२६ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा सन् १९७५ मा दक्षिण–पश्चिम मार्ग (साउथवेस्ट फेस) हुँदै सगरमाथाको सफल आरोहण टोलीमा सहभागी भएर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। पूर्व राष्ट्रपति यादवले उनलाई नगद ५१ हजार १५१ रुपैयाँ, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका छन्।
सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदरस्वरूप प्रदान गरिने ‘पीस हिरो अवार्ड २०२६’ पप्पू यादव (राजेश रञ्जन) लाई प्रदान गरिएको छ।
एभरेस्ट टुरिजम सम्मानबाट यज्ञप्रसाद गौतम, सुनारबहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्याण्ड), बुद्धिनारायण श्रेष्ठ तथा जोआओ गार्सिया (पोर्चुगल) सम्मानित भएका छन्।
‘साहसिक पर्यटन उत्कृष्टता अवार्ड (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद (साउदी अरब), निकोल कोवाल्चुक (रुस), पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली (बेलायत), जो हार्भे (अष्ट्रेलिया), किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा तथा सानो बाबु सुनुवार (प्याराग्लाइडिङ) लगायतलाई सम्मान गरिएको छ।
यसैगरी ‘ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड’ निर्मल पुर्जालाई प्रदान गरिएको छ। ‘टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्ड’ अन्तर्गत डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, एण्ट मिडलटन (बेलायत), कलाकार अनमोल केसी, कविता नेपाली तथा सांसद नीलम पौडेल सम्मानित भएका छन्।
त्यसैगरी स्लोभेनियाका पर्वतारोही भिक्टर ग्रोशेल्ज, रेस्क्यु पेम्बा फ्रेन्च शेर्पा, पोखरा अल्ट्रा लाइट, काठमाडौं वातावरण शिक्षा परियोजना, नेपाल पर्वतारोहण संघ, द्वारिकाज होटल, रमेश सापकोटा (वेलनेस), रोषा टुर एन्ड ट्राभल्स, अशोक लामा (रेस्क्यु), मानशान्त घिमिरे (वन्यजन्तु), रामजीबहादुर श्रेष्ठ (स्पोर्ट्स), नारायण भण्डारी (पत्रकारिता) तथा द क्लिफ नेपाल (बञ्जी एक्सिलेन्स) लगायत विभिन्न संस्था र व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले हिमाल संरक्षणको आवश्यकता औंल्याउँदै जलवायु परिवर्तनका चुनौती सामना गर्न विश्व समुदाय एकजुट हुनुपर्ने बताए। उनले हिमाल संरक्षण मानव सभ्यता र पृथ्वीको भविष्यसँग जोडिएको विषय भएकाले सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले प्रमुख अतिथि, विशिष्ट अतिथि, सहभागी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनेप्रति आभार व्यक्त गरिन्।
