Nepal Purbadhar

उजाड बनेका सुकुमबासी बस्तीमा कवाडी संकलकको चहलपहल


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरुलाई हटाएर घरटहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन्।

ती ठाउँमा बसेका मानिसहरुलाई होल्डिङ सेन्टरमा राखिएको छ। भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरुको चहलपहल छ। उनीहरुका लागि उजाड सुकुमबासी बस्ती आम्दानीको स्रोत बनेको छ।

गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाएपछि अहिले त्यहाँ पनि कवाडी संकलन गर्नेहरूको चहलपहल बढेको छ। भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन्। तस्बिरहरु नेपाल फोटो लाइब्रेरी




Read Previous

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

Read Next

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar