Nepal Purbadhar

वैशाख शुक्ल पूर्णिमाः स्वयम्भूमा बिहानैदेखि चहलपहल


काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
स्वयम्भू नाथमा आज बिहानैदेखि श्रद्धालुहरुको चहलपहल देखिएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।


Read Previous

बुद्धनगरमा स्थानीयले बाहिरै टाँसे लालपूर्जा र नक्सापास

Read Next

सार्वजनिक खरिद ऐनमा ‘फास्ट ट्रयाक’ सुधार: लो बिडिङमा कडाइ, टेन्डर अवधि घटाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar