Nepal Purbadhar

मन्त्रिपरिषद् बैठकःसशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त


काठमाडौँ, । सरकारले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।


बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसैगरी, बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।


Read Previous

मन्त्रिपरिषद् निर्णय: सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी निकायको मान्यता, भन्सार नियमावली पारित

Read Next

बीपी राजमार्ग पुनः सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar