
काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिए।
बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस नियमावलीमार्फत भन्सार प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

त्यस्तै मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजी) पदमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।
सरकारका यी निर्णयलाई सार्वजनिक संस्थानको कार्यक्षमता विस्तार, राजस्व प्रशासन सुधार तथा सुरक्षा नेतृत्व व्यवस्थापनसँग जोडेर हेरिएको छ।
