Nepal Purbadhar

ललितपुर महानगरपालिकाले वातावरण भ्यानको शुभारम्भ (तस्बिरहरु)


काठमाडौ । ललितपुर महानगरपालिका ले बिहीबार, २०८२ साल चैत्र १९ गते ‘वातावरण भ्यान ‘(Environment Van) को शुभारम्भ गरेको छ। उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गर्नुभएको हो।

वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ।

यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन्। साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रुखबिरुवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।

महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी गराए ।


Read Previous

सुरु भयो एसईई

Read Next

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, १०० दिनमै बचत फिर्ताको लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar