Nepal Purbadhar

कटारीमा सुरक्षाकर्मीको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति


काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली पड्किँदा मतदान केन्द्रमा रहेको मतपेटिकामा क्षति पुगेको छ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियारबाट अचानक गोली पड्किएको हो।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्किएको प्रहरीले जनाएको छ।

गोली लाग्दा मतदान केन्द्रमा रहेको मतपेटिकामा क्षति पुगेको छ। उक्त मतपेटिकामा हालसम्म ४ वटा मत खसेको थियो।

प्रहरीका अनुसार गोली लागे पनि मतपत्रमा भने कुनै क्षति पुगेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।


Read Previous

कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ

Read Next

प्रधानमन्त्री सुशिला कार्कीले गरिन् मतदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar