Nepal Purbadhar

भुजुङ्ग हाइड्रोपावरको आइपिओ बाडफाड, तपाईलाई पर्‍यो ?


काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो।

कम्पनीले माघ १२ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको थियो। उक्त आईपीओमा २५ लाख ७९ हजार ९२० जनाबाट कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। प्राप्त आवेदनमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएका छन् भने ४० हजार २८ आवेदन रद्द भएका छन्।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो। यसअनुसार ८३ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। आईपीओको नतिजा केही समयपछि सिडिएससीको वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।


Read Previous

सिडिएससी प्रमुख पन्दाकको नियुक्ति गैरकानूनी भन्दै उच्च अदालतमा रिट, दुवै पक्षलाई बोलाइयो

Read Next

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar