Nepal Purbadhar

पाँचपोखरी र आमा यांग्रीलाई संसारभरी चिनाउँछु- बंशलाल तामाङ


काठमाडौं । नेपाली कांग्रेसका नेता बंशलाल तामाङले पर्यटकीय तथा धार्मिक क्षेत्र पाँचपोखरीलाई चिनाउने बताएका छन् ।

नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिका कार्य समितिले गरेको परिचयात्मक कार्यक्रममा उनले पाँचपोखरी र आमा याङग्रीसम्म यातायात पूर्‍याएर संसार चिनाउने बताए । उनले लाखौंको संख्यामा पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेको बताए । धार्मिक तथा अत्यन्त मनमोहक पर्यटकीय स्थानहरु संसारलाई चिनाएर त्यहाँबाट लाखौंको संख्यामा पर्यटक ल्याउनका लागि काम गर्ने उनले बताए ।

अहिले ठूलो पर्यटकीय सम्भावना बोकेका सिन्धुपाल्चोकका यी स्थानहरुमा आन्तरिक पर्यटक भने बढ्न थालेका छन् । सामाजिक सञ्जालहरुबाट भएको प्रचारका कारण आन्तरिक पर्यटकहरु बढेका हुन् । तर पर्याप्त रुपमा प्रचार प्रसार र पूर्वाधारको विकासको अभाव भने छ ।

तामाङ सिन्धुपाल्चोक क्षेत्र-२ बाट नेपाली कांग्रेसबाट प्रतिनिधी सभाको चुनावमा होमिएका छन् । यस अघि इन्द्रावती गाउँपालिका प्रमुखमा निर्वाचित भएका तामाङ यो पटक प्रतिनिधी सभाको चुनाव लड्दैछन् ।

उनले चुनावी अभियान तिव्र बनाएका छन् । सोही क्रममा पाँचपोखरी गाउँपालिका कार्यसमितिसंग परिचयात्मक कार्यक्रम गरेका हुन् ।

उनले कांग्रेसले हारे देशले हार्नेभन्दै कांग्रेसलाई जिताउन आग्रह गरे । ‘पार्टी बदल्यौं अब देश विकास गरेर बदल्नु छ । कांग्रेसले हारे देशले हार्छ । सोही कारण कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।

तमाङले आफूले सडकको योजना,खानेपानी, रोजगारीका योजना सहितको संकल्पपत्र सार्वजनिक गर्ने बताए । उनले

मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंबासीले खानेपानी खान पाएको भन्दै सिन्धुपाल्चोकले लेबी पाउने कानुनी व्यवस्था हुने बताए । आन्दोलन गरेर बसिरहनु नपर्ने बताए ।

नेपाली कांग्रेसकी नेतृ गंगा कुमारी चापागाईले विकासका लागि नेपाली कांग्रेस नै चाहिने भन्दै जसरी पनि जिताउने गरी काम गर्नुपर्ने बताइन् । उनले सबै जना मिलेर नेपाली कांग्रेसको नेतृत्वलाई जिताउनुको विकल्प नभएको बताइन् ।

नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिका कार्यसमिति सभापति प्रेम दोङले सबै नेपाली काङग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक सबै एक ढिक्का भएर चुनावमा लाग्नुपर्ने बताए । उनले नेपाली कांग्रेसको नेतृत्वले जित्दा देशले जित्ने भन्दै नेतृत्व जिताउने गरी काम गर्नुपर्ने बताए ।


Read Previous

लोडसेडिङ अन्त्यदेखि तेस्रो देशसम्म निर्यातः सफल ऊर्जा नीतिको परिणाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar