Nepal Purbadhar

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल


काठमाडौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन ( आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका बीच बिहीबार सम्झौता सम्पन्न भएको छ। कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाई खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


Read Previous

भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तिब्र

Read Next

निर्वाचन प्रहरीका लागि युवाहरु लाइनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar