
काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो ।
उनी ललितपुर महानगर-३ का स्थायी बासिन्दा हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरको अनुसन्धानको सिलसिलामा संकलन भएका विवरण तथा तथ्यहरुको विज्ञ टोली समेतले अध्ययन विश्लेषण गर्ने क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेतले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानुन विपरीत काम गरी प्रभु बैकलाई हानिनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग कसुरमा उनलाई पक्राउ गरिएको हो ।
यस अघि प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परिसकेका छन्









