Nepal Purbadhar

पहिलो किस्ता बुझाएका उद्योगीलाई विद्युत प्राधिकरणको पत्र- दोस्रो किस्ता तिर्न आउनु


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरुलाई दोस्रो किस्ता तिर्न आग्रह गरेको छ ।

मंगलबारदेखि प्राधिकरणका वितरण केन्द्रहरुले उद्योगीहरुलाई पत्राचार गरेर दोस्रो किस्ता तिर्न आउन आग्रह गर्न थालेका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले दोस्रो किस्ता बुझाउन उद्योगीहरुलाई पत्राचार सुरु गरिएको बताए । उनले पहिलो किस्ता तिरेका उद्योगीहरुले किस्ता तिर्नेमा आशावादी रहेको बताए ।

प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न कार्तिक २ गतेसम्मको समय दिएको थियो । जसमा १३ वटा उद्योगले लाइन काटिने भएपछि बक्यौता तिर्न थालेका थिए । अब २५ उद्योगले बक्यौताको पहिल तिर्न बाँकी थियो । ती सबै उद्योगमा लाइन काटिएको थियो । पहिलो किस्ता तिर्न तयार भएपछि सबै उद्योगमा लाइन जोडिएको थियो । कार्तिक तेस्रो साता सबै उद्योगमा लाइन जोडिएको थियो ।

मनोज सिलवाल

प्राधिकरणले कुल बक्यौता २८ किस्तामा तिर्न उद्योगीहरुलाई सुविधा दिएको छ । जसमध्ये हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता समेत बुझाइसकेका छन् ।

अशोक स्टीलले विद्युत बक्यौताको ६३ लाख रुपैयाँ बक्यौता तिरेको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेबापत दोस्रो किस्ताका रुपमा उक्त रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएको हो । कम्पनीले यस अघि नै ६३ लाख रुपैयाँ तिरेको थियो । अशोकले प्राधिकरणलाई १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

हुलास स्टीलले इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ताबापत तिरेको हो । उद्योगले पहिलो किस्ता ५० लाख ४३ हजार रुपैयाँ तिरेको छ ।

सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७५ साल माघदेखि २०७५ बैशाख महिनासम्मको प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उद्योगले २८ किस्ताको सुविधा लिएर पहिलो र दोस्रो किस्ता तिरेको हो ।

प्राधिकरणका अनुसार हुलास स्टील पहिलो र दोस्रो किस्ता तिर्ने पहिलो उद्योग हो ।

लामो समयदेखि उद्योगी र विद्युत प्राधिकरणबीच विवादका रुपमा रहेको डेडिकेटेड ट्रंकलाइन समाधानतिर गएको छ । उद्योगीहरुले बक्यौता तिर्न थालेसंगै समाधानतिर गएको हो । दोस्रो किस्ता समेत तिर्न थालेकाले अब कुनै विवाद नरहेको प्राधिकरणका कर्मचारीहरुको भनाई छ । उनीहरुका अनुसार अरु कम्पनीहरु पनि दोस्रो किस्ता तिर्न तयार छन् ।


Read Previous

बंगलादेशले नेपालबाट थप २० सहित ६० मेगावाट बिजुली लैजाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar