Nepal Purbadhar

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

Tikapur Park. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library


काठमाडौ । कैलाली जिल्लाको टीकापुरमा वि.सं. २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न र हेर्नलायक धेरै कुरा छन् । पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान, वीरेन्द्र विश्राम वाटिका लगायतका संरचना छन् । त्यसबेलाका राजाहरु यहाँ आएर बसेका कारण उनीहरुकै नाममा संरचना बनाइएको छ ।

Tikapur Park. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library



टीकापुर बजारदेखि दक्षिणपूर्वी क्षेत्रमा रहेको यो पार्कमा तत्कालीन राजा महेन्द्रले एक महिना बसेर स्वास्थ्य लाभ गरेका थिए । राजालाई आराम गर्नको लागि रातारात काठको घर बनाइएकव थियो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबेला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागि पनि वीरेन्द्र विश्राम बाटिका बनाइयो ।

Tikapur Park. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library



२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना भयो । समितिलाई १ सय ७३ बिघासहित सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । पार्क अहिले ८५ बिघामा फैलिएको छ । जसमध्ये बंगला क्षेत्र, नर्सरी र बगैंचाले करिब १३ बिघा ओगटेको छ ।

Tikapur Park. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library



पार्कमा रहेका गुलाब र पार्कसँगैको कर्णाली नदीले पनि पर्यटकलाई लोभ्याइरहेको छ । कर्णाली किनारमा अवस्थित गुलाबको बगैंचाका रुपमा परिचित टीकापुर पार्कमा वनभोज खानेहरुको पनि भिड लाग्छ । यो पार्कको नौ बिगाहा क्षेत्रफलमा फलफूल र फूलको बगैँचा छ ।

पूर्व-पश्चिम हुलाकी राजमार्ग अन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ । बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोड्ने पुल पर्दछ । यो पुल सन्चालन भएपछि टीकापुर पुग्ने पर्यटक उल्लेख्य बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस अनुसार बढ्न सकेका छैनन् ।

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि प्रभावकारी प्रचारप्रसार हुन नसकेको स्थानीय सरोकारवालाको बुझाइ छ ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


Read Previous

सडकका २५ रुग्ण ठेक्का तोडियो

Read Next

दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री कुलमान घिसिङको एडिबीलाई आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar