Nepal Purbadhar

नेपालले ढल्केबर मुजफ्फरपुर प्रसारणलाइन बाट मात्रै १५०० मेगावाट निर्यात गर्न सक्ने


काठमाडौं । नेपालले ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनबाट १५०० मेगावाट निर्यात गर्न पाउने भएको छ ।

नेपाल र भारतको सहसचिवस्तरीय बैठकले यो प्रसारणलाइनको क्षमता बढाउने सहमति गरेको हो । जस अनुसार नेपालले यो प्रसारणलाइनबाट १५०० मेगावाट निर्यात र १४०० मेगावाट आयात गर्न सक्नेछ ।

पोखरामा सम्पन्न सहसचिवस्तरीय बैठकमा ढल्केवर – मुजफ्फरपुर र ढल्केवर – सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भएको छ। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ । यस अघि करिब १००० मेगावाट आदान प्रदान गर्न सक्ने गरी क्षमता तोकिएको थियो ।

नेपाल – भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (Joint Technical Team, JTT) को १७ औं बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरण (CEA) का प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षता पोखरामा बैठक बसेको थियो । उक्त बैठकमा दुवै देशबीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो ।

यस्ता छन् मुख्य सहमति:

१. चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (DPR) प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त DPR नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने ।


२. नयाँ बुटवल- गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउले। उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको ।


३. ढल्केवर – मुजफ्फरपुर र ढल्केवर – सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको ।


४. निजगढ – मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको DPR तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त DPR तयार गर्ने।


५. लमही – लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी DPR तयार गर्ने। ।
६. ढल्केवर – मुजफ्फरपुर ४०० के.भी. लाइनको Reconductoring मा उच्च तापक्रम सहनसक्ने (HTLS) प्रविधि अपनाउने विषयमा DPR तयारी अघि बढाउने ।
७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर HTLS कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।


Read Previous

नेपाल भारत क्रसबोर्डर प्रसारणलाइनमा भएको ऐतिहासिक सहमति यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar