
Nepals longest bridge Geruwa bridge, kothiyaghat, Bardiya.Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
काठमाडौ । एक दशक अगाडि नै निर्माण गरी संचालन भई रहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल संचालन संगै सो क्षेत्रका स्थानका स्थानियहरु लाभान्वित भएका छन् ।

राजापुर नगरपालिका लगायत सो क्षेत्रका स्थानियहरुले वर्षौं देखि जोखिमपुर्ण रुपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दा समेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरीएको हो । २०६७ कात्तिक १६ गतेदेखि निर्माण सुरु गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो। लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।

एक दशक अगाडिसम्म ‘पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुसी भएका छन् ।

सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी
जनता लाभान्वित भएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
