Nepal Purbadhar

चिरञ्जीवी चटौत सचिवमा बढुवा


काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव चिरञ्जीवी चटौतलाई सचिवमा बढुवा गरेको छ ।

उनी प्राविधिक तर्फका सहसचिव हुन् । ऊर्जा मन्त्रालयका क्याडर चटौत सोही मन्त्रालयमा पदस्थापन भएका छन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक प्राविधिक सचिवको पदका लागि सहसचिव चिरञ्जीवी चटौत, जगदिश्वर कर्माचार्य र नवीनराज सिंहको नाम सिफारिस गरेको थियो ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका तत्कालिन सचिव सुरेश आचार्य अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा चटौतको बढुवा भएको हो ।

सुरेश आचार्य रिटार्यड भएपछि ऊर्जा सचिवको पद खाली थियो । सिंचाई सचिव सरिता दवाडीले ऊर्जा पनि हेर्दै आएकी थिइन् ।


Read Previous

यस्तो छ सूर्यविनायक धुलिखेल सडकको अवस्था, तस्बिरमा हेर्नुस्

Read Next

मन्त्री घिसिङ र युरोपेली संघका राजदुतबीच भेटघाट, ऊर्जा क्षेत्रमा सहकार्य गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar