
काठमाडौं । बुधबार सेयर बजारमा ९.७० अंकको गिरावट देखिएको छ ।
बुधबार सेयर बजार बन्द हुँदा नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएपश्चात २७८२ अंकसम्म पुगेको बजार त्यसछपि भने निरन्तर ओरालो लागेर २७६७ अंकमा बन्द भएको छ ।
बजारमा १८८ वटा कम्पनीको मूल्यमा गिरावट हुँदा ५९ वटा कम्पनीको मूल्य बढेको थियो भने २ वटाको स्थिर भएको थियो ।
नेप्से परिसूचकमा गिरावट आइरहँदा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएर बन्द भएको सेयर बजारमा बुधबार भने ५ अर्ब २० करोडमा सीमित भएको छ ।