
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा गाडीहरुको महाकुम्भ मेला नाडा अटो शो मंगलबारदेखि सुरु भएको छ ।
यो वर्ष आकर्षणको केन्द्र बनेको दीपलको उड्ने ट्याक्सी अवलोकन गर्न दर्शकको भीड लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शो को उद्घाटन गरे ।
तर नाडा अटो मोबाइल एशोसिएसनले व्यवस्थापनमा ध्यान नदिँदा पर्याप्त पार्किङ असुविधा नहुँदा दर्शक र अवलोकनकर्ताहरू हैरान भएका छन् । यसको अघिको नाइमा अटो शो मा नेपाल प्रहरी क्लबको भवन भाडा लिइएको थियो । भने त्यहि पार्किङको व्यवस्था गरिएको थियो । जसका कारण पार्किङ सहज र व्यवस्थित भएको थियो ।
यो पटक शो भएको स्थान वरीपरि मात्रै पार्किङको सुविधा छ । सोही कारण त्यहाँ आइपुग्ने अवलोकन कर्ताहरु पार्किङ नपाएर समस्या परेका छन् ।
अटो शोमा दैनिक हजारौंको संख्यामा अवलोकनकर्ता पुगिरहेका छन् । नयाँ प्रविधियुक्त कार, इलेक्ट्रिक सवारीसाधन, मोटरसाइकल, स्पेयर पार्ट्सदेखि लिएर विभिन्न कम्पनीका नयाँ मोडलहरू प्रदर्शनमा राखिएका छन् । तर, व्यवस्थापनले पर्याप्त पार्किङको व्यवस्था नगरेका कारण अवलोकनकर्ताहरूले सवारीसाधन पार्क गर्ने स्थान पाउन मुस्किल भएको गुनासो गरेका छन् ।

“गाडी हेर्न त उत्साहित भएर आएको थिएँ, तर पार्किङकै झन्झटले आधा घण्टा समय खर्च भयो,” एक अवलोकन कर्ताले गुनासो गरिरहेका थिए ।
यस वर्ष पहिलोपटक नेपालमा प्रदर्शनीमा ल्याइएको ‘फ्लाइङ कार’ हेर्न दर्शक विशेष रूपमा आकर्षित भएका छन् । तर, भीड व्यवस्थापन र पार्किङ समस्या समाधान नभएकै कारण धेरैलाई असुविधा भएको छ ।
अटो शोका आयोजकहरूले भने दर्शकको चाप धेरै भएकाले पार्किङ व्यवस्थापनमा चुनौती आएको स्वीकार गरेका छन् । शो भदौ ८ गतेसम्म चल्ने बताइएको छ ।