Nepal Purbadhar

मनोहरा सुकुम्बासी बस्तीमा संरचना हटाउन खोज्दा झडप


काठमाडौं । मनोहरा सुकुम्बासी बस्तीमा नयाँ भौतिक संरचना हटाउन खोज्दा झडप भएको छ ।

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी हटाउनका लागि काठमाडौं महानगरपालिकाको नगर प्रहरी पुगेसँगै झडप भएको हो । नगर प्रहरीले बस्ती भत्काउन सुरु गरेपछि स्थानीयले विरोध जनाएका थिए ।

बस्तीका स्थानीयले नगर प्रहरीमाथि ईंटा-ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । नगर प्रहरीले लाठीचार्ज गर्दै स्थानीयमाथि बल प्रयोग गरेको छ ।

शुक्रबार बिहान महानगर प्रहरीसँगै नेपाल प्रहरी उक्त बस्तीमा डोजर लिएर पुगेर बस्ती हटाउन खोजेको थियो ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

पाँचपोखरी जाने अवरुद्ध सडक खुल्यो

Read Next

पियोर इनर्जीको खुद नाफा ३ करोड १९ लाख, भदौ २४ मा बोलायो साधारणसभा

Nepal Purbadhar