Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण   


कैलाली । टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो ।

नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन् । याे भवन १ करोड ८९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएकाे हाे । आर्थिक वर्ष २०७८/७९ मा उक्त मन्त्रालयले प्रहरीको आवास भवन निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको थियो ।

दुईतले भवनको थप तलाका लागि प्रदेशले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ । निर्माण सम्पन्न भएको भवनमा कार्यालयमा कार्यरत प्रहरीका लागि अपर्याप्त छ ।

हाल इलाका प्रहरी कार्यालयमा एक सय जना प्रहरी कार्यरत छन् । प्रहरी आवास भवन निर्माण भए पनि बन्दी राख्ने हिरासत साँघुरो छ । महिला तथा बालबालिका राख्ने भवनको अवस्था पनि नाजुक छ ।


Read Previous

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

Read Next

२ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन   

Leave a Reply

Your email address will not be published. Required fields are marked *