Nepal Purbadhar

हावा हुरीले पोल ढालेपछि वीरगञ्ज क्षेत्रकाे विद्युत आपूर्ति अवरुद्ध   


वीरगञ्ज । बिजुलीका पोल बिहीबार रातिको हावा हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा ९ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावा हुरीले नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीका विद्युतीय पाेलमा क्षति पुर्याउँदा विद्युत सेवा अवरुद्ध हुन पुगेकाे हाे ।

हावा हुरी र वर्षाका कारण ढलेका पाेलकाे मर्मत गरी विद्युत आपूर्ति सुचारु गर्न प्रयास भइरहेकाे प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले बताए । उनका अनुसार बिहीबार अपरान्हसम्ममा विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेकाे छ ।

चर्काे गर्मीकाे समयमा विद्युत आपूर्ति  बन्द हुँदा वीरगञ्ज क्षेत्रकाे जनजीवन  प्रभावित हुन पुगेकाे छ । उद्याेग धन्दा पनि चल्न पाएका छैनन् । वीरगञ्ज र आसपासका क्षेत्रमा विद्युत प्राधिकरणकाे सेवा लिने ५६ हजार ग्राहक छन् ।


Read Previous

गण्डकीमा १ हजार ५ सय किलोमिटर सडककाे स्तरोन्नति   

Read Next

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी