Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग माग गरेको छ । बुधवार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटी इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रतक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।

भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिवद्ध रहेको बताए ।
मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे ।

गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्की सहित उपाध्यक्ष राम प्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।


Read Previous

पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

Read Next

जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने   

Leave a Reply

Your email address will not be published. Required fields are marked *