Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   


तनहुँ ।गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालू आर्थिक वर्षमा ७.५ किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको ९ महिनाको अवधिमा उक्त सडक कालोपत्र गरिएको हो ।

यस वर्ष पिसिसी, आरसिसी र कालोपत्र गरी २६ किलाेमिटर सडक निर्माण गर्ने लक्ष्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्ण आचार्यका अनुसार कच्ची सडक १५ किलोमिटर निर्माण गर्ने लक्ष्यअनुरुप हालसम्म ४ किलाेमिटर  र २५ हजार घनमिटरको टेवा पर्खालमध्ये १ हजार ७ सय घनमिटर पर्खाल निर्माण सम्पन्न भएको छ । ग्राभेल सडक २५ किलाेमिटर बनाउने लक्ष्यअनुरुप काम भएको ६ किलाेमिटर  सडक चौडा भएको छ ।

त्यसैगरी, कजवे, कल्र्भट निर्माणतर्फ १० योजना सम्पन्न गर्ने लक्ष्य छ । झोलुङ्गे पुल ३ वटा र सहरी भवन ४ वटा निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख आचार्यले बताए ।

११ किलाेमिटर कालोपत्र गरिँदै    

गण्डकी प्रदेशको गौरव आयोजना मानिएको मानपुर–डेडगाउँ–बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र गर्न सुरु गरिएको छ । अब जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरदेखि डेढगाउँको सिमानासम्म कालोपत्र हुनेछ ।

“अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिएको छ”, उनले भने, “सडकको चौडाइ सात मिटरको हुनेछ भने सडकमा ५ मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिने छ,” कार्यालय प्रमुख आचार्यले भने ।

२०५१ मा उक्त सडकको ट्रयाक खुलेको थियो । २०७७ मङ्सिर ५ गतेदेखि त्यस सडकखण्डमा स्तरोन्नतिका काम थालिएको थियो ।

३५ करोड १४ लाख ७४ हजार १  सय ९ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३ सय १६ रुपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो ।


Read Previous

मनकामना केबलकारकाे सेवा शुक्रबार बन्द हुने   

Read Next

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   

Leave a Reply

Your email address will not be published.