Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा   


सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्त्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको हाे ।

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । पुलको बेस प्लेट जडानको काम भोलिदेखि सुरु हुने उनले बताए । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उनकाे भनाइ छ ।

पुलका सबै पाता यति बिल्डर्स जडान गरेको छ  । बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताए । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको अनाहबीचमा पर्ने उक्त पुल लामो समयदेखि अलपत्र परेकामा नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणले तीव्रता पाएको हो ।

३ करोड ८१ लाख रुपैयाँ लागतमा बेलिब्रिजको काम भइरहेको छ । बेलिब्रिज हिम सगरमाथा–खड्का कृष्ण जेभीले २०७८ पुसमा जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माण सक्ने भन्दै काम सुरु गरिएको उक्त पुल अहिलेसम्म पूरा हुन सकेको छैन ।

आयोजना कार्यालयको प्रमुख बदलिरहने तथा निर्माण व्यवसायीलाई काम गर्न ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो । हालका प्रमुख रञ्जितकारले आफू कार्यक्षेत्रमा खटिएर निर्माणलाई तीव्रता दिन दबाब दिएपछि अहिले करिब ९० प्रतिशत काम पूरा भएको छ । तीन जिल्लाको लाइफलाइनका साथै भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडकको रुपमा पनि उक्त आयोजना महत्त्वपूर्ण मानिएको छ ।

११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा खण्डभित्रको ५६ किलाेमिटर सडकमा अहिले काम भइरहेको रञ्जितकारले बताए । ठेक्का लिएर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको उनकाे भनाइ छ ।

रञ्जितकारका अनुसार अहिले ५६ किलाेमिटर खण्डमा कामले तिव्रता पाएको छ । बाँकी ६२ किलाेमिटर  सडक फराकिलो बनाउने र स्तरोन्नतिको काम सुरु गर्न थालिएको छ । यो पुल निर्माण पछि जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको आयोजना प्रमुख रञ्जितकारले बताए ।


Read Previous

तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

Read Next

तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

Leave a Reply

Your email address will not be published.