Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

हिलाम्य सडककाे तश्विर भाइरल भएपछि स्तराेन्नतिकाे काम सुरु भइसकेकाे डिभिजन कार्यालयकाे स्पष्टाेक्ति


काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले राजधानीकाे बबरमहलस्थित सडक विभाग कार्यालय अगाडीको सडकका सम्बन्धमा सामाजिक सञ्जालमा आएका टिका टिप्पणी तथा प्रतिक्रियाप्रति आपत्ति जनाउँदै खेद प्रकट गरेको छ । आइतबार पानी परेपछि विभागको कार्यालय अगाडीको सडक हिलाम्मे भएको तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भएपछि डिभिजन कार्यालयले सोमबार विज्ञप्ती निकालेर टिका टिप्पणी र प्रतिक्रियाप्रति खेद प्रकट गरेको हो ।

सामाजिक सञ्जालमा आएका टिका टिप्पणी सडकको स्तराेन्नति कार्यकाे वास्तविक अवस्थाभन्दा फरक रहेको डिभिजन कार्यालयले स्पष्ट पारेको छ । चालू आर्थिक वर्षमा बजेट अपुग भएको हुँदा विभागकाे कार्यालय अगाडिको सडक स्तरोन्नती गर्न सडक बोर्डतर्फको बजेटबाट ठेक्का गरिएको विज्ञप्तीमा जनाइएको छ ।

विभाग अगाडिको सडकको निर्माण कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी गत १६ माघ गते ठेक्का सम्झौता भइसकेको पनि विज्ञप्तीमा जनाइएको छ । डिभिजन कार्यालयका अनुसार २०७२ सालको भूकम्पले जीर्ण अवस्थामा पुगेको बबरमहल प्रवलीकरणको काम सम्पन्न गर्न ठेक्का सम्झौता भएको भए पनि विभाग अगाडिको सडकको कामको ठेक्का त्यसभित्र समावेश नभएका कारण छुट्टै ठेक्का लगाएको हो ।

सडक विभागको कार्यालय ललितपुरको चाकुपाटबाट गत भदौमै बबरमहलस्थित आफ्नै भवनमा सरिसकेकाे छ । तर, विभाग अगाडिको सडकको स्तरोन्नति हुन नसक्दा पानी परेकाे समयमा हिलाम्य तथा घाम लागेकाे समयमा धुलाम्य हुँदा यात्रीलाई सास्ती हुने गरेकाे छ । यही कारण पनि आइतबारकाे झरीले हिलाम्य बनेकाे तश्विर सामाजिक सञ्जालमा भाइरल हुँदा सडक विभागकाे आलोचना भएको हो ।

‘ठेकेदारले काम सुरु गरेको भोलिपल्ट नै आएको वर्षाले सडक हिलाम्य भएको सामान्य विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडि सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नु आपत्तिजनक छ । यसप्रति कार्यालय खेद प्रकट गर्छ,’ विज्ञप्तीमा भनिएको छ । ठेकेदारले सडकको स्तरोन्नतिको कामको सुरुवात गरिसकेकाले निर्धारित समयमै सम्पन्न हुने डिभिजन कार्यालयको दाबी छ ।


Read Previous

‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता   

Read Next

नारायणगढ-बुटवल सडक खण्डको अवरोध अझै हटेन   

Leave a Reply

Your email address will not be published.