Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

‘इपान डे’ का अवसरमा ऊर्जा क्षेत्रकाे विकासमा याेगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्था सम्मानित


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले ऊर्जा क्षेत्रको विकास तथा प्रवर्द्धनमा योगदान पुर्याउने विशिष्ट व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरेको छ । इपालने स्थापना कालको २४औं वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमका अवसरमा ऊर्जा क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय योगदान गरिरहेका व्यक्तित्वलाई विशेष सम्मान गरेको हो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत तथा इपान अध्यक्ष गणेश कार्कीले संयुक्तरूपमा सम्मान पत्र वितरण गरे । इपान विशेष सम्मानबाट सम्मानित हुनेहरूमा ऊर्जा मन्त्रालयका सह–सचिव द्वय नविनराज सिंह र सन्दीप कुमार देव छन् ।

यस्तै, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत तथा नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारीलाई पनि विशेष सम्मान गरिएको छ ।

त्यस्तैगरी, ऊर्जा पत्रकारितामा ३ दशकभन्दा बढी समयदेखि कलम चलाउँदै आएका बरिष्ठ पत्रकार एवं जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई पनि इपान डे का अवसरमा सम्मान गरिएको छ ।

त्यस्तै, १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो जलविद्युत आयोजनाका रुपमा २०५८ साल माघ १० गते निर्माण सम्पन्न भई सञ्चालनमा आएको ७.५ मेगावाटको इन्द्रावती तेस्रोको प्रवर्द्धक नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कार्यक्रममा नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।

कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।

निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक ऋण लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), जलविद्युत आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रुपमा आईजीआई प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मान गरिएको छ ।


Read Previous

इपान स्थापनाको २४औं वर्ष पूरा, आर्थिक समृद्धिका लागि निर्यातसँगै आन्तरिक विद्युत खपत बढ्ने गरी उत्पादन बढाउनु पर्छः मन्त्री श्रेष्ठ

Read Next

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन रकारलाई समितिकाे निर्देशन   

Leave a Reply

Your email address will not be published.