Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

मन्त्री ज्वालाले स्थानीयसँग छलफल गरेपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण सुचारु


काठमाडौं । जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम सुचारु भएको हो ।

आन्दोलनरत जग्गाधनीलाई सिंहदरवार बोलाएर मन्त्री ज्वालाले छलफल गरेसँगै काम सुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।

नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए । जग्गाको स्वामित्व र मुआब्जा समस्या लिएर पूर्वसांसद भूमी त्रिपाठीसहितको टोली छलफलका लागि सिंहदरवार पुगेको थियो ।

सुरुङ मार्गको धादिंङ खण्डमा पर्ने जग्गा नेपाल सरकारको हुनेकि स्थानीयबासीको हुने भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो ।

सडक विभागले सडक र नाली सुधार गर्ने, जग्गाको स्वाभित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिंङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएपछि निर्माण कार्य सुचारु हुने सहमति बनेको हो । स्थानीय बासीले अबरोध गरेपछि सुरुङ भित्रको कंक्रेटि लाइनिङ गर्ने कार्य ठप्प बनेको थियो ।

मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानुनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिबद्धता जनाएको सडक विभाग बैदेशिक शाखाका प्रमुख विजय जैसीले बताए ।


Read Previous

उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता ५ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा

Read Next

बेनीमा बन्दै ५० करोड लागतकाे नदी नियन्त्रण आयोजना   

Leave a Reply

Your email address will not be published.