Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता ५ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

प्राधिकरणको गत पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ । यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ विद्युत महसुल बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले विद्युत बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ ।


Read Previous

माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबी बैंक र एचआइडिसिएलको ऋण लगानी

Read Next

मन्त्री ज्वालाले स्थानीयसँग छलफल गरेपछि अवरुद्ध नागढुंगा सुरुङको निर्माण सुचारु

Leave a Reply

Your email address will not be published.