Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

१८ देशका निर्माण व्यवसायी सम्मिलित इफाप्का सम्मेलन काठमाडौंमा शुरु, प्रकोप थेग्ने दीगो पूर्वाधार बनाउन राष्ट्रपतिको आग्रह


काठमाडौं । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था (इफाप्का) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भुमिका खेल्ने बताए । ’बढ्दो प्रकोपलाई थेग्नेगरी पूर्वाधार निर्माण गर्नुपर्ने र यसको लागि एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका देशहरुले अझ बढी ध्यान दिनुपर्नेछ’ उनले भने ।

कार्वन उत्सर्जन न्यूनिकरणमा पनि सबैले योगदान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिए । पूर्वाधार परियोजनालाई दीगो बनाउने काममा निर्माण व्यवसायीको भुमिका प्रभावकारी हुने अपेक्षा गरेको उनको भनाइ छ ।

सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दीगो पूर्वाधार निर्माणको लागि साझेदारी अहिले विश्व आवश्यकता बन्दै गएको बताए । ‘नेपाल सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा रहेको र त्यसको लागि पनि पूर्वाधार क्षेत्रमा साझेदारीलाई उच्च प्राथमिकता दिएको छ’ उनले भने । सम्मेलनको नारा ‘पार्टनरिङ इन सस्टेनेवल इफ्रास्ट्रक्चर’ समय सान्दर्भिक र सरकारकै प्राथमिकताको विषय भएको उनको भनाइ छ ।

इफाप्काका अध्यक्ष रवि सिंहले नेपालमा पूर्वाधारमा लगानी गर्नको लागि ठूलो सम्भावना रहेको बताए । ‘वैदेशिक लगानीको लागि पनि आकर्षक स्थल रहेको छ’ उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले सम्मेलनले वैदेशिक लगानीको लागि आकर्षित गर्न र इफाप्का सदस्य राष्ट्रहरुबीच भाइचारा विस्तार गरी सहयोगका क्षेत्रमा सहकार्यको लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

इफाफ्का महासचिव विरेन्द्रराज पाण्डेले कार्वन उत्सर्जनलाई न्यूनिकरण गर्नेगरी पूर्वाधार परियोजना निर्माण गर्नुपर्ने बताए । सम्मलेन ९ गतेसम्म चल्नेछ । तर,  काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिनेछ। सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहेकाे छ ।

मंसिर ७ मा गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिनेछ । मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जिक्यूटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलकोन भ्रमण कार्यक्रम राखिएको छ ।

यसै सम्मेलन मार्फत् गत एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।   यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा अग्रज निर्माण व्यवसायी गणेश लाल श्रेष्ठ इफाप्का अध्यक्ष रहनु भएको समयमा काठमाडौंमा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।


Read Previous

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’:प्रहरी

Read Next

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार  

Leave a Reply

Your email address will not be published.