Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

खैरहनी नगरपालिकाका सडक अपाङ्गमैत्री सडक बनाइँदै


चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपाङ्गमैत्री बनाउन थालेको छ । नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो ।

खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपाङ्गमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिए । ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपाङ्गमैत्री बनाउन लागेको उनले बताए ।

नगरपालिकाको क्षेत्राधिकार पर्ने ८ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपाङ्गमैत्री सडक निर्माण गर्ने नगरपालिकाको योजना रहेको छ । नगरपालिकाभित्रका सडकलगायतका सबै भौतिक पूर्वाधारलाई स्थानीय कलासंस्कृित र मौलिकता झल्किने गरी अपाङ्गमैत्री, बालमैत्री बनाउँदै लैजाने गरी नगरपालिकाले योजना बनाएर कार्य गर्दै आएको छ ।

पेटीको बीचमा आँखा नदेख्ने व्यक्तिले लट्ठीको टेकेर हिँड्न मिल्ने ट्र्याक हुनुपर्ने सडकको मापदण्ड रहेको छ । धेरैजसो स्थानीय सडकमा फुटपाथ नै नहुने फुटपाथ भएका ठाउँमा पनि रुखसँगै पसल, पार्किङ, सामग्री थुपार्ने गरेकाले पैदलयात्रुलाई हिँड्न समस्या हुने गरेको छ ।

अपाङ्गमैत्री पैदलमार्ग निर्माणसँगै सडकको सौन्दर्यसमेत वृद्धि हुँदै गएको र यसबाट दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएको खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले बताए । उनले पैदल मार्गको निर्माणले पैदलयात्री निर्धक्कसँग हिँड्न पाउने, बालबालिका र अपाङ्गसमेत थप सुरक्षित हुने वातावरण बन्ने बताए ।

निर्माण भइरहेका अपाङ्गमैत्री आयोजनाको नाला निर्माण, फुटपाथ निर्माणको कार्य सम्पन्न भइसकेको र अस्पाल्ट कालोपत्रको काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । अपाङ्गमैत्री सडक निर्माणको लागि आव २०८०/८१ मा ९ करोड रुपैयाँ बजेट विनियोजन भई निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।


Read Previous

मुग्लिन पोखरा सडककाे डुम्रे-छिर्कने खण्डमा कालोपत्र सुरु

Read Next

विदेशी पर्यटकको राेजाइमा मनास्लु क्षेत्र

Leave a Reply

Your email address will not be published.