Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

वालिङ नगरपालिका र नगर विकास कोषबीच १२ कराेडमा वाालिङ बसपार्क निर्माण गर्न लगानी सम्झौता


काठमाडौं । नगर विकास कोषको ऋण लगानीमा वालिङ नगरपालिकामा वालिङ बसपार्क आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको छ। कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माणका ८ असोजमा वालिङ नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको हो।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र वालिङ नगरपालिका नगर कार्यपालिका प्रमुख कृष्ण खाणबीच बसपार्क आयोजना निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको हो। आयोजनाको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजारको ५५ प्रतिशतले हुन आउने रकम ६ करोड ७५ लाख ७५ १६ हजार ३५० ऋण र १० प्रतिशतले हुन आउने रकम १ करोड २२ लाख ७५ हजार ७०० रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ।

वालिङ बसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत १२ करोड २७ लाख ५७ हजारको ३५ प्रतिशत बराबरले हुन आउने रकम ४ करोड २९ लाख ६४ हजार ९५० रुपैयाँ रकम नगरपालिकाबाट बेहोरिनेछ। वालिङ नगरपालिकाको वडा–८ मा करिब ३० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका जिल्लाबाट आवतजावत गरिने सवारी साधनको व्यवस्थापनका लागि महत्वपूर्ण आयोजनाको रुपमा मानिएको छ ।

कार्यक्रममा नगरपालिका प्रमुख खाणले यस बसपार्कबाट नगरवासीलाई व्यवस्थित र आधुनिक सेवा सुविधा प्रवाह गर्नुका साथै यस क्षेत्रका जनताको सामाजिक र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजना गुणस्तरीय रुपमा समयमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको प्रतिबद्धता व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना ऋण सम्झौताको चरणसम्म आइपुग्दा कोषले आयोजनालाई गुणस्तरीय बनाउन आयोजनाको तयारी तथा विकासको चरणदेखि नै नगरपालिकासँग सहकार्य भएको बताउँदै आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गर्नेतर्फ नगरपालिकाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।

सम्झौता कार्यक्रमा नगर विकास कोषका तर्फबाट नगर विकास कोष सञ्चालक समितिका सदस्य हिक्मतजंग कार्की तथा कोषका पदाधिकारी र नगरपालिका उपप्रमुख कविता गैरे, वडा–१ अध्यक्ष पदम गुरुङ, वडा–१० अध्यक्ष सुनिल खनाल र वालिङ नगरपालिकाका इन्जिनियर ध्रुब रेग्मी पनि उपस्थित थिए।


Read Previous

सार्वजनिक यातायातमा सुधार : गफ मात्रै कि काम पनि ?

Read Next

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

Leave a Reply

Your email address will not be published.