Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

बुद्धभुमि नेपाल हाईड्रोपावरको हकप्रद शेयर निष्काशन र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त


काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीले निष्काशन गर्ने हकप्रद शेयर निष्काशन गर्दैछ । यसको लागि परामर्श सेवासहित हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्ध गर्ने गरी एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धभुमि नेपाल हाईड्रोपावरबीच सम्झौता भएको छ ।

सम्झौता बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीका संचालकहरुको उपस्थितिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार क्यापिटलले बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने छ । साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउदा आवश्यक पर्ने कागजातहरु र अन्य विवरण तयार गर्न सहजीकरण गर्नेछ ।

क्यापिटलले हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु तयार गरी नेपाल धितोपत्र बोर्डमा ‘हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण–पत्र’ स्वीकृतिको लागि पेश गर्ने लगायतका हकप्रद शेयर निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

एन आई सी एशिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गरिदिनेछ ।


Read Previous

कालीकोटमा ‘रेन गज’ जडान

Read Next

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

Leave a Reply

Your email address will not be published.