Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

कालीकोटमा ‘रेन गज’ जडान


मान्मा । कालीकोटको नरहरिनाथ गाउँपालिकामा वर्षा मापन यन्त्र (रेन गज) जडान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र नरहरिनाथ गाउँपालिकाको समन्वयमा नरहरिनाथ–१ स्थित सुनथराली विमानस्थलमा सो यन्त्र जडान गरिएको हो । ‘रेन गज’ जडान हुँदा वर्षाको मापन गर्न सहज हुने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए ।

“पहिरोको उच्च जोखिम रहेका स्थानीय तहका बीचमा पर्ने विमानस्थलमा पहिरोको पूर्वसूचना दिने ‘रेन गज’ जडान गरिएको छ”, उनले भने, “यसले पूर्वसूचना दिनेछ ।” सोलार सिष्टमसहित जडान भएको वर्षा मापन यन्त्रले प्रत्येक १०÷१० मिनेटमा मापन केन्द्रको भाँडोमा परेको पानी स्वचालित प्रणालीबाट सर्भरमा गएर रिपोर्ट तयार हुने र वर्षा भएपछि स्थानीयवासीको मोबाइलमा पहिरो अलर्ट एप्लिकेसनमार्फत जानकारी लिन सकिने प्राविधिक शङ्कर बलामीले बताए ।

“यो एक स्वचालित प्रणालीबाट सूचना दिने यन्त्र हो”, उनले भने, “यहाँ जडान गरिएको यन्त्रले मोबाइल एप्लिकेसनमा सूचना दिन्छ ।” प्लान इन्टरनेसनलले विपद्को क्षेत्रमा काम गर्ने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालमार्फत पाँच लाखको लागतमा रेन गज स्टेसन जडान गराएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहिरनाथ, सान्नीत्रिवेणी र रास्कोट क्षेत्रमा वर्षा मापन यन्त्र नहुँदा समस्या हुँदै आएको थियो ।


Read Previous

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवाकाे थालनी, साविककै भाडादर कायम

Read Next

बुद्धभुमि नेपाल हाईड्रोपावरको हकप्रद शेयर निष्काशन र बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Leave a Reply

Your email address will not be published.