Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

जेन दिपिका ग्यारेट बनिन् एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३


काठमाडौं । जेन दिपिका ग्यारेट एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ घोषित भएकी छिन् । काठमाडौको गोदावरी सनराइज सम्मेलन केन्द्रमा शनिबार आयोजित फिनालेमा २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले यो उपाधि हात पारेकी हुन् । प्रतियोगीतामा गरिमा घिमिरे, बुद्धिसारा सुनार, शिताश्मा पोखरेल र मिस अभिलाषा लम्सालले क्रमशः द्वितीय देखि पाँचौं स्थानमा रहन सफल भए । मिस युनिभर्स नेपाल २०२३ की विजेता ग्यारेटलाई एशियन पेन्ट्स नेपालका कन्ट्री निर्देशक जि.गोपालकृष्णन्ले पुरस्कार प्रदान गरेका थिए ।

मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै गोपालकृष्णन्ले भने, “एशियन पेन्ट्समा हामी जिन्दगी र स्थानहरुमा रङ्गहरुले ल्याउने परिवर्तनलाई विश्वास गर्दछौं । मिस युनिभर्स नेपाल २०२३ को मुख्य प्रायोजक भएर हामीले केवल बाहिरी सौन्दर्यको नभई आन्तरिक सिर्जना र स्टाइलको पनि उत्सव मनाउने लक्ष्य राखेका छौं ।” प्रतियोगीतामा रोयल ब्लिङ मिस ड्याजलिङ डिभा र रोयल प्ले मिस क्रियटिभ क्यानभासको उपाधी क्रमशः शिताष्मा पोखरेल र डा.अमिसा बस्नेतले जिते । मिस युनिभर्स नेपालको प्रमुख सौन्दर्य प्रतियोगीता हो ।


Read Previous

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता

Read Next

स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

Leave a Reply

Your email address will not be published.