Nepal Purbadhar

आइतवार, असार ३, २०८१
Sunday, June 16, 2024

आइतवार, असार ३, २०८१
Sunday, June 16, 2024
पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक मुस्ताङको लोमान्थानमा पश्मिना डिडस्टिङ प्लान्ट स्थापना, पश्मिना गुणस्तरमा उल्लेख्य योगदान पुग्ने बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु एमसिसी परियोजना अन्तर्गतको रातमाटे सबस्टेसन निर्माणको जिम्मा टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनीलाई मेलम्ची बाढीको ३ वर्ष: पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो रोल्वालिङ खोलाको इलेक्ट्रोमेकानिकलको काम बिएफएल हाइड्रो इन्डियाले गर्ने

आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता


काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।

नेपाल प्रतिनिधि होङले राष्ट्रि योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । उपाध्यक्ष श्रेष्ठले युएनएफपिएले हालसम्म पुर्याउदै आएको सहयोगको लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् । नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका युएनएफपिए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।


Read Previous

सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छः उपराष्ट्रपति यादव

Read Next

जेन दिपिका ग्यारेट बनिन् एशियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३

Leave a Reply

Your email address will not be published.