Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

रोजगार मेला सम्पन्न, मेलालाई नियमित रूपमा आयोजना गर्न कम्पनीहरुको सुुझाव


काठमाडौं । काठमाडौंमा आयोजित रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला जेठ १६ देखि संचालन गरिएको थियो । रोजगार मेलाले यूवालाई महासंघसंग जोडन सहयोग गरेको विश्वास महासंघकोे छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिव ६ सय रोजगारीको अवसर खुला गरेका थिए ।

मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो । मेला मार्फत करिव १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीहरूले रोजगार मेलामा भाग लिन आएका यूवाहरूलाई मेला पश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् ।

मेलामा २ हजार भन्दा बढी युवाहरुले अवलोकनका लागि रजिष्ट्रेशन गरेका थिए । नेपाल सरकारका उच्च अधिकारीहरु, विभिन्न तालीम केन्द्रका पदाधिकारीहरु तथा प्रशिक्षार्थीहरु, विश्व विद्यालयका विद्यार्थीहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुले मेलाको अवलोकन गरेका थिए ।

कामको खोजीको लागि चारतिर भौतारिनुु पर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने वाध्यतालाई एकै ठाउंमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी यूवाहरुले बताएका छन् । यस्ता कार्यक्रम महासंघले नियमित रुपमा गर्नुपर्ने सुुझाव पनि सहभागी कम्पनीहरुको छ ।

महासंघको वस्तुुगत परिषदका सभापति हेमराज ढकालको सभापतित्वमा आयोजित रोजगार मेलाको समुदघाटन महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मंगलवार गरेका थिए । रोजगार मेला महासंघको वस्तुुगत परिषद्को पहलमा भएको हो ।

रोजगार मेलाको आज आयोजित समापन समारोहमा महासंघका कोषाध्यक्ष निरक केसीले सहभागी कम्पनीहरुलाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रमलाई संवोधन गर्दै कोषाध्यक्ष निरक केसीले रोजगार मेलाले कामको खोजीमा रहेका यूवाहरुलाई ठूलो सहयोग गरेको बताए । पहिलो पटक आयोजना भएको यो कार्यक्रमको अनुुभव समेतलाई लिएर महासंघले अवका दिनमा यसलाई निरन्तरता दिने पनि उनले जानकारी दिए । साथै रोजगार मेलालाई सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने नेपाल सरकार, आइएलओ, मेरो जव, रोजगार सेवा केन्द्र, सहभागी कम्पनीहरु, महासंघका सदस्य संघ संस्थालाई धन्यवाद समेत दिए ।

कामको खोजीमा रहेका यूवाहरुलाई मेलामा सहभागी कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको थियो ।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटन लगायतका क्षेत्रसंग सम्बद्ध कम्पनीहरुको सहभागिता थियो । मेलामा आइएमई मोटर्स, गोल्छा अर्गनाइजेशन, लक्ष्मी ग्रुप, पंचकन्या ग्रुप, चौधरी ग्रुप, सुुगम ग्रुप, यूएनएफपीए,वरुण वेभरेज, दराज, सिंघाग्रुप, नेपाल डिष्टिलरी प्रा.लि., रोजगारी डटकम, सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर, काठमाडुु वल्र्ड स्कूल, कोडअभटार, लिपफ्रग, एमआइटिएल, भुरिलो,हिटाची इनर्जीको सहभागिता थियो ।

त्यसैगरी सोर्स कोड प्रा.लि.मेरोजव,फिरन्ते ट्रेक्स एण्ड एक्सिपिडसन्स, स्वीफ्ट ग्रुप,फ्लोरा हिमालयन लि., लस्ट होराइजन ह्याण्डीक्राफ्ट,एचएलई नेपाल, कार्पेन्टर्स स्टप प्रा.लि., शेर्पा हस्पिटालिटी ग्रुप, के एण्ड के, आउटसोलू, नाङलो बेकरी प्रा.लि., एफवान सफ्ट, प्रविधि ल्याव्स, केएनपी नेरोल्याक,पूर्ण इन्टरप्राइजेज प्रा.लि.,सव्जी ल्याण्ड,एचआर ल्याव्स, दि टेरेस, इविओ डिजिटल, यूनी कन्सल्टयान्स अलायन्स,रोसी टुर्स एण्ड ट्राभल्स प्रा.लि., ग्रेट नेपाल होलिडेज, रिभरसाइड स्प्रीन्ज रिसोर्ट, होटल आम्वासडर, आइफ्लाई, डाइनामिक आइडियाज नेपाल, नेपाल डिष्टिलरी प्रा.लि,नेपाल सिपिङ अलायन्स, सुुगम ग्रुप,काठमाडौं मोडल कलेज र वल्र्ड लिंक लगायतका कम्पनीहरुको सहभागिता थियो ।


Read Previous

विश्व बैंकद्वारा नेपाललाई साढे १८ अर्ब ऋण र अनुदान सहयोग

Read Next

नेपाल र भारतका प्रधानमन्त्रीबीच आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुदैं, ऊर्जा व्यापार, वाणिज्य, र हवाईमार्ग प्राथमिकतामा

Leave a Reply

Your email address will not be published.