Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल मकाउ प्रस्थान


काठमाडौं । चौधौं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी तथा निर्माण मञ्चको सम्मेलनमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डल मकाउ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डल निर्माण व्यवसायीहरू, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरू समेत गरी नौ सदस्यीय रहेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मकाउमा रहँदा अन्तर्राष्ट्रिय स्तरमै निर्माण उद्योगमा देखा परेका समस्याहरू र समाधानका उपाय सहितका छलफलमा सहभागिता जनाउनेछ ।

प्रतिनिधिमण्डल नेतृत्वकर्ताको हैसियतमा अध्यक्ष सिंहले सम्मेलनलाई सम्बोधन समेत गर्नुहुनेछ । यस पटकको सम्मेलनमा नारा ‘गोइङ ग्रीन, डिजिटल एण्ड स्मार्ट फाइनानसिङ विन विन कोअपरेशन’ तय गरिएको छ ।

चीनका निर्माण व्यवसायीहरूको संगठन र मकाउ व्यापार तथा लगानी प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा सम्मेलन आयोजना गरेका हुन् । तेह्रौं संस्करणसम्म ७० देशका २ हजार भन्दा बढी प्रतिनिधि सम्मेलनमा सहभागी भइसकेका छन् । सम्मेलनमा भाग लिएर नेपाली टोली यही जेठ २० गते स्वदेश फर्कनेछ ।


Read Previous

नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

Read Next

प्रधानमन्त्रीको भारत भ्रमणमा इपानको टोली पनि सहभागी, क्षेत्रीय विद्युत व्यापारबारेको छलफलमा भाग लिने

Leave a Reply

Your email address will not be published.