Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

प्रधानमन्त्रीको भारत भ्रमणमा इपानको टोली पनि सहभागी, क्षेत्रीय विद्युत व्यापारबारेको छलफलमा भाग लिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु भएको भारत भ्रमणमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को तर्फबाट ७ जना सहभागी भएका छन् । इपानको प्रतिनिधित्व गर्दै उपाध्यक्ष गणेश काकीको नेतृत्वमा सचिव रामप्रसाद आचार्य, कोषाध्यक्ष आनन्द चौधरी, सदस्य उत्तम भ्लोन, निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं, सल्लाहकार सुसन कर्माचार्य एवं जलविद्युत उद्यमी बटु लामिछाने सहितको प्रतिनिधि मण्डल भारत गएको हो ।

इपान प्रतिनिधि मण्डलले प्रधानमन्त्री दाहालको बुधबार (जेठ १७) देखि आगामी २० गतेसम्म हुने भारत भ्रमणका क्रममा दिल्लीमा रहँदा क्षेत्रीय विद्युत व्यापारको सम्भाव्यता र यसको कार्यान्वयनबारेकाे छलफल तथा अन्तरक्रियाहरूमा सहभागीता जनाउने छ । प्रतिनिधि मण्डलले भ्रमण अवधिमा भारतका विद्युत, नवीन एवं नवीकरणीय ऊर्जा (केन्द्रीय) मन्त्री, विद्युत राज्य मन्त्री लगायतसँग विशेष भेट गर्ने कार्यक्रम रहेको इपानले जनाएको छ ।

इपानका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरण, केन्द्रीय विद्युत नियमन आयोग, पिटिसि इन्डिया लिमिटेड, इनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन), एनएचपिसी, मनिकरण पावर लिमिटेडका प्रतिनिधिसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै, इन्डियन इनर्जीं एक्सचेन्ज लिमिटेड, पावर एक्सचेन्ज इन्डिया लिमिटेड, स्वतन्त्रत ऊर्जा उत्पादकहरूको संस्था, भारत (इपाई) र भारतीय उद्योग परिसंघका प्रतिनिधिसँग पनि भेटघाट तथा छलफल हुने कार्यक्रम तय भएको इपानले जानकारी दिएको छ ।

इपान प्रतिनिधिले भारतको ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्ने सरोकारवालाहरूसँगको भेटघाट तथा छलफलमा नेपालको विद्युत उत्पादनको सम्भाव्यता, अहिलेसम्म निजी क्षेत्रले गरेको लगानी र विद्युत उत्पादनको अवस्था, विद्युत व्यापारकाे सम्भावना एवं आगामी दिनमा निजी क्षेत्रले खेल्ने भूमिका लगायत विषय उठान गर्ने छन् ।

निजी क्षेत्रले सरकारसँग विद्युत व्यापारको अनुमति मागिरहेका बेला प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा इपान प्रतिनिधिको सहभागितालाई महत्त्वपूर्ण मानिएकाे छ । अहिले निजी क्षेत्रले लगानी गरी करिब १६ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरिरहेको छ । यो परिमाण सरकारको भन्दा बढी हो ।

सन् २०२७/२८ भित्र राष्ट्रिय प्रसारण प्रणालीमा कूल जडित क्षमताको ८० प्रतिशत विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निजी क्षेत्रको सक्रियतामा विद्युत उत्पादन वृद्धि गरी अबको ५ वर्षमा १२ महिना नै विद्युत निर्यात गर्ने राष्ट्र नेपाल बन्न लागेकोबारे पनि इपान प्रतिनिधिले भारतीय पक्षसँग छलफल गर्ने भएका छन् ।


Read Previous

महासंघ अध्यक्ष सिंह नेतृत्वको प्रतिनिधिमण्डल मकाउ प्रस्थान

Read Next

विश्व बैंकद्वारा नेपाललाई साढे १८ अर्ब ऋण र अनुदान सहयोग

Leave a Reply

Your email address will not be published.