Nepal Purbadhar

पोखरा इको रेड ब्रिक्सले थाल्यो प्वाल भएको इटाको उत्पादन


काठमाडौं । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक (प्वाल भएको इँटा) को उत्पादन थालेको छ । इटाभटाबाट वातावरण प्रदूषण वढेको भन्दै चर्काे आलोचना हुँंदै आएपछि यसअघि जर्मन प्रविधिमा आधारित हफ म्यान क्लिनबाट चाइनिज इटा उत्पादन थालेको कम्पनीले कास्कीको पोखरास्थित पोल्याङबाटै प्वाल भएको (हलो व्रिक) को उत्पादन थालेको हो ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिदै उत्पादन थालेको बताए । ‘बलियो र सस्तो घर निर्माण गर्नका लागि हलो ब्रिक प्रविधि निकै उपयोगी हुन्छ, इन्जिनियर दुवालले थपे, ‘यसले ऊर्जा किफायतीमा सहयोग पनि पुग्छ ।’ यसो भएकाले यस प्रविधिको विकास र विस्तारमा जोड दिनुपर्ने धारणा उनको छ ।

इन्जिनियर दुवालले देशैभरि १५ प्रतिशतको हलो ब्रिक्सको प्रयोगले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक पेश गरे । हाल नेपालमा एक हजार तीन सय ५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिएको तथ्यांक छ । दुवालका अनुसार यस्तो इँटामा इन्सुसलेशन हुने हुँदा घर बाहिरको तापक्रम धेरै हुँदा पनि भित्र चिसो राख्न र बाहिर चिसो हुँदा घरभित्रको तापक्रम सन्तुलित हुन्छ ।

साथै यसको तौल हल्का हुँदा घरको भार कम हुन्छ । यसमा फलामे डण्डीको प्रयोग धेरै नहुने हुँदा घर निर्माण गर्दा लाग्ने लागत पनि कम हुनुको साथै यसमा माटोको प्रयोग कम हुँदा कोइलाको खपत पनि स्वतः कम हुँदा इँटाभट्टाबाट हुने प्रदूषण पनि कम हुन्छ ।

कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालेको हो । यो ठाउँ पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ ।नेपालमा सामान्य लोकल इटा, चाइनिज इटालगायतका विभिन्न थरीका इटाहरु छन् । साथै व्लकका इटाहरु पनि हुन्छन् । साथसाथै आकर्षक खालका पोंल अपा (झिंगटी), चिकं अपा (तेलिया इँंटा) लगायतका इटाहरु पनि हुन्छन् ।

Facebook Comments

Read Previous

यार्सा टेक डिजिटल गण्डकी संवाद सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे वृहत छलफल

Read Next

बहुपक्षीय व्यापार मुद्दाहरूमा नेपाली अधिकारीहरूको क्षमता अभिवृद्धिमा इयुको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar