Nepal Purbadhar

नेपालमै उत्पादन भएका सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् । आइतबार बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पुर्याउन मुख्य सचिवलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाइ पेस गर्न निर्देशन दिएका छन् ।

Facebook Comments

Read Previous

पर्यटककाे आकर्षक गन्तव्य बन्दै लहानको ‘हात्तीदह सिमसार’

Read Next

९ महिनामा ४२ कराेड बढीकाे सिमेन्ट निर्यात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar