Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे


काठमाडौं । २०७९ साल सकिन लाग्दा यो वर्ष निजी लगानीमा निर्माण भएका विद्युत आयोजनाको करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । यो अवधिमा निजी लगानीको अहिलेसम्मकै ठूलो ८६ मेगावाटको सोलुखोला (दूधकोसी) सहित २६ विद्युत आयोजना (परीक्षण सहित) प्रसारण प्रणालीमा जोडिएका हुन्।

नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विकासका अनुसार २०७९ बैशाखदेखि चैत अन्तिम सातासम्ममा ३६८ मेगावाटका २२ विद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेका छन् । जसमध्ये ३ वटा सौर्य विद्युत आयोजना छन् ।

साहस ऊर्जा कम्पनीले निर्माण गरेको सोलुखोला (दूधकोसी) ले गत फागुन १७ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । १० मेगावाटको माकरीगाड आयोजना गत फागुन २७ गतेदेखि प्रसारण प्रणालीमा जोडिएको छ ।

यो अवधीमा १ मेगावाटको सिमरा, ५ मेगावाटको नवलपरासी, ४ मेगावाटको सोम राधाकृष्ण र १० मेगावाटको बाँके–२ सौर्य विद्युत आयोजनाले उत्पादन सुरु गरेका छन् ।

४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना, १० मेगावाटको बाँके–२ सौर्य विद्युत आयोजना र १४.९ मेगावाटको मायाखोलाको एउटा युनिट (७.७५ मेगावाट) अहिले परीक्षण उत्पादनको चरणमा छन् ।

यी बाहेक पनि १९.८ मेगावाटको माथिल्लो सोलु विद्युत उत्पादन सुरु गर्न परीक्षणको अन्तिम चरणमा छ । यो आयोजना पनि यो वर्षभित्रै प्रसारण प्रणालीमा जोडिँदैछ ।

२०७९ सालमा निर्माण सम्पन्न भएका विद्युत आयोजना

क्र.सं आयोजना जडित क्षमता (मेगावाट)
१. सुरीखाेला ६.४
२. न्यादी ३०
३. माथिल्लो खिम्ती १२
४. उपल्लो खिम्ती–२
५. सिमरा सैर्य विद्युत
६. नवलपरासी सैर्य विद्युत
७. दोर्दी खोला २७
८. चेपे खोला ८.६
९. दोदी–१ १२
१०. सोम राधाकृष्ण सोलार फर्म
११. साइती खेला
१२. तल्लो लिखु २८.१
१३. माथिल्लो बलेफी ‘ए’ ३६
१४. पुवा–२ ४.९
!%= माथिल्लो दोर्दी ‘ए’ २५
१६. मध्यमोदी १५.३३
१७. मध्य साेलुखोला
१८. कालंगागाड १५.३३
१९. माथिल्लो कालंगागाड ३८.४६
२०. सोलुखाेला (दूधकोसी) ८६
२१. माथिल्लो माछा खोला ४.५५
२२. माथिल्लो पिलुवाखोला–२ ४.७२
२३. माकरीगाड १०
२४. बाँके–२ सौर्य विद्युत १०
२५. मायाखोला ७.७५ (पहिले युनिट)
२६. सुपर मादी ४४
  कूल   ४२९.७५

स्राेतः नेपाल विद्युत प्राधिकरण


Read Previous

सेवा चुस्तदुरुस्त बनाउन स्मार्ट टेलिकमलाई प्राधिकरणको निर्देशन

Read Next

दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु   

Leave a Reply

Your email address will not be published.