Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम


काठमाडौं । उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिनामा ३० भन्दा बढी काम गरेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार पदभार ग्रहण गरेको ९० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी यो अवधिमा भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका हुन् ।

उनले यो अवधिमा नीतिगत/सुशासन/कानूनी सुधारतर्फ तत्कालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न विषय विज्ञहरू सम्मिलित ३ वटा छुट्टा–छुट्टै आन्तरिक सुधार सुझाव कार्यदलहरू गठन गरिएको बताए । उनले यी कार्यदलले तोकिएको मापदण्डभित्र रही सुझाव मस्यौदा पेश गर्ने गरी अहिले काम भइरहेको बताए ।

‘सुशासन कार्यदलले चैत्र मसान्त भित्र र अन्य २ कार्यदलले २ महिना भित्र सुझावको मस्यौदा बुझाउने गरी कार्य भईरहेको छ’, उनले भने, ‘ कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा नीति, ऐन, नियम, कानूनलाई सुधार या संशोधन गरी समग्र कामलाई गुणात्मक तबरबाट गति दिन र मन्त्रालयको कार्यशैलीमा समेत सुधार गर्न सफलता मिल्ने विश्वास लिएको छु ।’

उनले उपत्यका भित्रका सडक खाल्डाखुल्डी रहित बनाउन आफ्नो संयोजकत्वमा सम्बन्धित निकाय ( नेपाल विद्युत प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र सडक विभाग) का प्रमुखहरूबीच हरेक महिना उच्च स्तरीय समन्वय समितिको बैठक बसी समस्या पहिचान गरेर समाधानको पहल गर्दै आएको पनि बताए ।

मन्त्री श्रेष्ठले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको ९० दिनमा गरेका कामको विवरणको पूर्ण पाठ

3 months report

Read Previous

नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

Read Next

बिपी राजमार्गमा फोहर फ्याँके जरिवाना तिराइने

Leave a Reply

Your email address will not be published.