Nepal Purbadhar

पहिरो हटेपछि मलेखु–मुग्लिङ सडक खुल्यो, सावधानीपूर्वक यात्रा गर्न आग्रह

फाइल तस्बीर।


काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको जवाङ खोला क्षेत्रमा पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहान ३:४० बजेदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

जवाङ खोलामा खसेको पहिरो हटाएपछि दुवैतर्फबाट सवारी आवागमन पुनः सञ्चालनमा आएको हो। यद्यपि, सडक अझै पूर्ण रूपमा सुरक्षित भइनसकेको भन्दै प्रहरीले यात्रु र सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित निकायका अनुसार सडकमा पहिरोका केही अवशेष अझै बाँकी छन् भने निरन्तर वर्षाको सम्भावनाका कारण सडक चिप्लो हुने र पुनः पहिरो खस्न सक्ने जोखिम कायमै छ।

यसैलाई ध्यानमा राख्दै उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा चालकलाई लेन अनुशासन कडाइका साथ पालना गर्न, निर्धारित गति कायम राख्न र सुरक्षित तथा संयमित रूपमा सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ।

मनसुन सक्रिय रहेकाले पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम अझै रहेको जनाइएको छ। त्यसैले यात्रा अघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।


Read Previous

‘अब प्राथमिकता विद्युत् उत्पादन होइन, प्रसारण, वितरण र खपत विस्तार’: ऊर्जामन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar