Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो


मनाङ।  हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ ।

हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास निर्माणका काम अहिले सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए ।  चिसोका कारण गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए ।

विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतका विकास निर्माणका कार्य रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताइन् । ‘चिसोका कारण रोकिएका कामले निरन्तरता पाएको छ, हिमापात कम भए पनि चिसोले रोकिएका काम अहिले निन्तर भइरहेको छ, सदरमुकाम चामे, नासाें गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण भइरहेको थियो, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य पूर्ण रुपमा ठप्प थियो’  उनले भनिन् ।

जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनियर विष्टले बताए । ‘हिउँदमा चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न सकिँदैन, अहिले सुरुआत भएको छ, यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ’, विष्टले भने ।

सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल लगाउने, नाला निर्माण, सडक सम्याउने लगायतका कार्य भइरहेको उनले बताए । चिसोले रोकिएका काम अहिले वर्षायाम सुरु हुनु अगावै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको उनकाे भनाइ छ ।

मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको हाे । उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । यहाँको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ/छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले ६० करोड रूपैयाँ विनियोजन गरेको छ ।

आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । रासस


Read Previous

दीगो र जलवायु अनुकुलन पूर्वाधार लगानीलाई प्राथमिकता दिन सम्मेलनको आयोजना

Read Next

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारतसँग आग्रह

Leave a Reply

Your email address will not be published.